दाङ, असोज २० । बाँकेको डुडुवा गाउँपालिकाका चार गाउँ डुवानमा परेका छन् ।
कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरुवा गाउँ डुवानमा परेका हुन ।
अबिरल बर्षापछि राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा दुई सय स्थानीय बिस्थापित भएका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले झन्डै ८० घर परिवार बिस्थापित भएको तथा करिब दूई सय ब्यक्तिलाई गाउँपालिकाले वडा नं. १ सीता पुरुवामा निर्माण गरेका तीन वटा भवनमा स्थान्तरण गरिएको जानकारी दिए ।
बाढीले अन्तपात, लत्ता कपडा लगाएत सम्पूर्ण कुरा भिजाएको हुँदा काम नलाग्ने भएको र त्यसबाट करौडौं क्षति भएको अनुमान गरिएको उनले जानकारी दिए ।
मानिसको कम्मर भन्दा माथी पानी गाउँमा बगेको भएपनि मानिस र बस्तु चौपायालाई हालसम्म कुनै क्षति नभएको उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
