२०८१ बैशाख ८ गते शनिवार

घोराहीमा खाड्लमा डुबेर एक जनाको मृत्यु


तुलसीपुर, असोज २० । घोराहीमा पानी जमेको खाडलमा डबेर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवाका ४५ बर्षीय धिरज घिमिरे घर नजिकै खाडलमा डबुेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दामु पुनले जानकारी दिए ।

घर परिवारले राति ११ बजेतिर घिमिरेको डुबेर मृत्यु भएको खबर प्रहरीलाई गरेको पुनले बताए । घिमिरे मदिरा सेवन पछि खाडलमा लडेको र टाउको पानीमा डुबेपछि मृत्यु भएको आशंका भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

शब पोष्ट मार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बुधबार दिउँसो गुर्जेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता रहेका घोराही उपमहानगरपालिका वडा नं. १० का ५४ बर्षीय कल्लु चौधरीको अवस्था भने अझैं अज्ञात रहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले चौधरीलाई गुर्जे खोलामा आएको बाढीले बुधबार दिउँसो बगाएको थियो ।

उनको खोजी कार्य जारी रहेको भएपनि हालसम्म अवस्था अज्ञात रहेको एसपी वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *