२०७९ मङ्सिर १६ गते शुक्रवार

खैरेनी खोलाले बगाउँदा तुलसीपुरका डाँगीको मृत्यु, गुर्जे खोलामा चौधरी बेपत्ता

दाङ,असोज २० । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थल देखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका १० निवासी ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बिरबहादुर ओलीले जानकारी दिए ।

हिजो बुधबार दिउँसो करिब १२ बजे खोलाले बगाउदा बेपत्ता भएका चौधरीको खोजतलास जारी छ । ​​​​​​​

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.