२०७९ मङ्सिर १६ गते शुक्रवार

गुर्जे खोलाको बाढीले बगाउँदा एक जना बेपत्ता

बबई र राप्तीको तटिय क्षेत्र जलमग्न



तुलसीपुर, असोज २०। दाङमा खोलामा आएको बाढीमा बगेर एकजना बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५४ बर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले चौधरी दिउँसो बगेको र खोजी कार्य जारी रहेको बताए ।

बबई र राप्तीका तटिय क्षेत्रका बासिन्दालाई साबधानी अपनाउन आग्रह
गए रातिदेखिको अबिरल बर्षाको कारण बबई र राप्ती नदीमा बाढीको सतहले जोखिम पार गरेको छ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरिया जोड्ने बबई पुलको दक्षिण तर्फपनि बाढीको भंगालो पसेपछि यातायात अबरुद्ध भएको छ ।

दिउँसो बखरिया क्षेत्रमा तुलसीपुरका मेयर टीकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिव विनिल केसी, पूर्व अध्यक्ष बिमल रिजाल, पूर्व अध्यक्ष हेमन्त रिजाल लगाएतको टोली दिउँसो बबई नदीमा पुगेर बाढीका कारण पुलपारीको भंगालोमा परि अड्किएका यात्रुलाई टिप्पर र जेसिबीले उद्धारको लागि प्रयास गरेका थिए ।

मेयर खड्काले कतिपयलाई त्यसरी उद्धार गरिएको र उद्धार संभव नभएकाहरुका लागि खाना र बासको ब्यबस्थापन तुलसीपुर उपमहानगरपालिकाले गर्ने बताएका थिए ।

अबिरल बर्षाका कारण तुलसीपुर – घोराही सडक खण्डको यात्रापनि जोखिम युक्त बनेको छ । सडक खण्ड अन्तरगत बिभिन्न खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा आउन नसकेको एसपी वलीले जानकारी दिए ।

एसपी वलीले त्यस उत्तरको बैकल्पिक भाइरल मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको जानकारी दिए ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुर–अमेलिया सडक खण्डको भञ्ज्याङमा झरेको पहिरो कारणले गर्दापनि सडक खण्ड अबरुद्ध भएको एसपी वलीले बताए । जसले गर्दा दशैंको दिनमा सल्यान, रोल्पा, रुकुम हुँदै दाङ–नेपालगञ्ज आवत जावात गर्ने सर्वसाधारणले सास्ति खेप्नु परेको छ ।

दाङको देउखुरी क्षेत्रमा राप्ती नदीमा आएको बाढीले नदी तटिय क्षेत्र जलमग्न भएको छ । केही घरहरु डुवानमा परेको र केहीलाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको एसपी वलीले बताए ।

उनले बिशेष गरि बबई र राप्ती नदीको तटिय क्षेत्रमा बाढीका कारण जलमग्न भएका कारण प्रहरीले अर्लट भएर बसेको तथा सर्वसाधारणलाई पनि साबधानी अपनाउन आग्रह गरिएको जानकारी दिए ।

त्यस्तै अबिरल बर्षाका कारण दाङ– रोल्पा हालेरी जोड्ने शहिद मार्गपनि पहिरोका कारण अबरुद्ध भएको छ ।

दिउँसो सडक खण्ड अन्तरगत दुई खोलीमा झरेको पहिरो पंछाइएको भएपनि फेरि बेलुकी पख पहिरो झरेका कारण सडक खण्ड अबद्ध बनेको छ ।

एसपी वलीका अनुसार पहिरो पंछाउने अहिले पनि डोजर पठाउने काम भइरहेको बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले केही बेर अगाडि राप्ती राजमार्ग अन्तरगत दाङ–सल्यान सडक खण्डको हर्नेटीमा पहिरो झरेर सडक खण्ड अवरुद्ध भएको जानकारी दिए ।

सडकको पहिरो पंछाउन जेसिबी पठाउने तयारी भइरहेको उनले बताए ।

तस्बिर : शरद रेग्मी ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.