तुलसीपुर, असोज १५ । युथ्स अफ तुलसीपुरले दशै तथा तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
क्लबका अध्यक्ष अरूण लहरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश पर्यटन परिषदका सदस्य जनक खरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उनले युवा नै परिवर्तनको संवाहक भएको बताए ।
लागुऔषध सेवन तथा दुव्र्यसनीमा फस्दै गएकाले यसबाट सचेत रहन सबै युवालाई उनले आग्रह गरे ।
क्लबका सल्लाहकार डम्बर डाँगी, नेपाली कांग्रेस तुलसीपुरका सुरेश हमाल लगायतले परिवर्तन युवाबाटै हुने भएकाले आर्थिक तथा सामाजिक विकासमा युवा जागरुक एवं सिर्जनशिल हुनुपर्ने बताए ।
कार्यक्रमको सहजीकरण क्लबका सचिव आकाश भण्डारीले गरेका थिए
प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
