२०८२ मङ्सिर २३ गते मङ्गलवार

अप्टिमिष्ट क्लबले असहाय बालबालिकासंग दशै मनायो


तुलसीपुर,असोज १२ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरले संरक्षित असहाय बालबालिकासंग दशै मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ डुम्रीगाउँ स्थित दिदी घर संस्थामा दशै मनाएको हो ।

साहाराविहीन अबस्थामा रहेको ति बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा कपडा सहयोग गरिएको हो ।

बुधबार एक कार्यक्रम गरि त्यहाँ रहेका २४ जना बालबालिकाहरुलाई सहयोग गरिएको हो ।

क्लबका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि चौधरीले हरेक संस्थाले असहाय, गरीब समुदायको उत्थानको लागि काम गर्नुपर्ने बताइन् ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, क्लबका सल्लाहकार गिरीराज डाँगी, विष्णु देवकोटा, झरेन्द्र खरेल, मेघराज घिमिरे, घनश्याम डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा क्लबका अध्यक्ष बस्नेतले आफूहरुले कार्यक्रमकालागि मात्रै कार्यक्रम नभएर परिबर्तनकालागि कार्यक्रम गर्ने बताएका थिए ।

कार्यक्रमको सहजीकरण सचिब एकराज भण्डारीले गरेका थिए भने धन्यवाद ज्ञापन प्रबक्ता दीपक बोहराले गरेका थिए।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *