तस्विर ः फरककोण ।
तुलसीपुर,असोज १२ । तुलसीपुरमा प्रथम सांस्कृतिक दोहोरी तथा लोक नृत्य कार्यक्रम २०७९ हुने भएको छ ।
मितेरी युवा क्लब तुलसीपुर–५ को आयोजनामा यहि असोज २५ देखि कार्तिक ८ गते सम्म उक्त कार्यक्रम हुन लागेको हो ।
दाङ जिल्लाको संस्कृति बचाउन र गाँउघरमा लुकेर रहेका कला र गलालाई मञ्चसम्म पु¥याउने मुख्य उद्देश्यले प्रथम सांस्कृतिक दोहोरी तथा लोक नृत्य कार्यक्रमको आयोजना गर्न लागिएको बुधवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
सांस्कृतिक कार्यक्रमको टिकट बिक्रिबाट उठेको रकम मध्ये बार संरक्षण समिति,मानव आश्रम,मेयर विपद कोष,अनाथ बालबालिकाहरुलाई प्रत्येक टिकट बिक्रिबाट १ रुपैयाको दरले छुट्याइ सहयोग गरिने क्लवका कार्यक्रम संयोजक अजय बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा बाल उद्यान,एकल नृत्य प्रतियोगिता,दोहोरी गित प्रतियोगिता,स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती,जनजाती तथा आदीवासी समुदायको रहनसहन,भेषभुषा प्रस्तुती,स्थानीय स्तरमा निमार्ण गरिएका हस्तकला सामाग्री प्रर्दशन र निशुल्क स्वास्थ्य शिविर हुने छ ।
प्रतियोगितामा एकल ,युगल र सामुहिक नृत्य प्रस्तुत गर्न सकिने,५ वर्ष भन्दा माथीका सहभागि हुन पाइने व्यवस्था छ । नृत्य प्रतियोगितामा प्रथम हुनेले रु.१ लाख,द्धितियले रु. ५० हजार र तृतिय हुनेलाई रु.२५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै लोक दोहोरी प्रतियोगितामा समुहमा ५ जना भन्दा बढी सहभागी हुन नपाइने,दोहोरी गितको कुनै पनि शिर्षक रहने छैन । दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रु.५० हजार,द्धितियले रु.२५ हजार र तृतियले १५ हजार रुपैया पुरस्कार पाउने छन ।
प्रतियोगितामा भाग लिने प्रतियोगिलाई फारक शुल्क रु. ५ सय र कार्यक्रममा सहभागीलाई रु.१ सय रुपैया टिकट शुल्क तोकिएको छ ।
कार्यक्रम संयोजक बुढाथोकीका अनुसार प्रतियोगितामा करिब २ लाख मानिसले अवलोकन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा २१ लाख खर्च अनुमान गरिएको छ भने २५ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
उक्त प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नवज्योती टोल स्थित पातुखोला पुलको उत्तरतर्फ हुने छ । प्रतियोगिताको उद्धघाटन लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले गर्ने कार्यक्रम तय भएको आयोजक समितिले जनाएको छ ।
