२०८१ चैत्र ४ गते सोमवार

दंगीशरणले मनायो रेबिज रोग विरुद्धको खोप दिवस

प्रमोद आचार्य,दंगीशरण,असोज १२ । “एक स्वास्थ्यको अबलम्बन रेबिज रोगबाट सुन्य निधन भन्ने” मुल नारा सहित दंगीशरण गाउँपालिका पशु शाखाले रेबिज रोग विरुद्धको खोप अभियान गरी दिवस मनाएको छ ।

१६ औं बिश्व रेबिज दिवसको अवसर पारेर दंगीशरण गाउँपालिका भित्र घरधनिहरुले पालेका भएका कुकुर हरुलाइ खोप लगाइ बिश्व रेबिज दिवस मनाएको पशु शाखा दंगीशरणका प्रमुख हितराम चौधरीले बताए ।

२००७ मात्रामा अमेरीकाबाट शुरु भएको दिबशको १६ औ दिबशसम्म आइपुग्दा रेबिजरोग बाट बच्न र यसको रोकथाममा समेत दिवसले सहयोग पुर्याएको बताउदै रेबिज रोगबारे आम जनतालाइ सचेत बनाउनु पर्ने शाखा प्रमुख चौधरीले बताए ।

कार्यक्रममा प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष पिमा खडका वलीले रेबिज रोग एउटा भाइरसका कारण लाग्ने र यसको उपचार नभएकाले पनि बर्षमा एक पटक रेबिज विरुद्धको खोप लगाउन सबैलाइ आग्रह गरे ।

दंगीशरण गाउँपालिकाका ७ वटै वडामा पालिएका करिब ५० जती कुकुरहरूलाइ खोप लगाइएको पशु साखाले जनाएको छ ।

पशु साखा दंगीशरणका प्रमुख हितराम चौधरिको शभापतित्व, गाउँपालिकाकि उपाध्यक्ष पिमा खड्काको प्रमुख आथित्यता,तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिको बिशिस्ट आथित्यतामा खोप अभियान सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *