२०८२ असार ७ गते आइतवार

हिन्दु महाअभियान नेपालले शुभकामना आदान-प्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने

तुलसीपुर,असोज १२ । हिन्द महाअभियान नेपाल अभियन्ता परिवार दाङले हिन्दु नेपालीहरुको महान पर्व बडा दशै तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

बिहीबार तुलसीपुरको बिएसएस पार्टी प्यालेसमा दिउँसो १२ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हिन्दू महाअभियान अभियान्ता परिवारका केन्द्रीय संयोजक झनक बहादुर बस्नेतले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रबादी विचारक देवप्रकाश त्रिपाठी आउन लागेको संयोजक बस्नेतले जानकारी दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको बारेमा ब्याख्यान हुने बताईएको छ ।

कार्यक्रममा उपस्थित हुनको लागि हिन्दू महाअभियान नेपाल अभियन्ता परिवार दाङले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *