दाङ, ११ असोज । नेपालीहरुको महान चाड नजिकिंदै गर्दा चारलेन सडकका खाल्टाहरु पुरिएका छन् ।
जिल्ला समन्वय समितिको आयोजनामा तीन पटक बैठक बसेर स्थानिय पालिका, स्थानिय प्रशासन, यातायात व्यवसायी एवं उद्योग वाणिज्य संघका प्रतिनिधिहरु समेतले सहजीकरण गरेपछि निर्माण कम्पनीले चारलेन सडक क्षेत्रका ठुला ठुला खाडलहरु एक सातामै पुरेको छ ।
यस अभियानमा स्थानिय पालिका घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नदिजन्य पदार्थ स्थानिय तहमै सहज रुपमा उपलव्ध गराएका थिए ।
विना राजश्व यस पटकलाइ नदिजन्य पदार्थ उपलव्ध गराइएको थियो । त्यसमा प्रमुख जिल्ला अधिकारीको पनि समन्वयकारी भुमिका थियो । सवैको प्रयासले दशै नजिकिंदै गर्दा घोराही तुलसीपुर यातायातमा धेरै सहज भएको छ ।
अघिल्लो चारलेन सहजीकरण बैठकले एक साताभित्र चारलेन सडकमा परेका ठुलाठुला खाडलहरु पुर्ने उर्दि जारी गरेको थियो । त्यसमा चारलने परीयोजनाका कन्सल्टेन्ट इश्वर अमागाइ र चारलेनका निर्मार्ण कम्पनीका प्रतिनिधि इन्जिनीयर शेखर शर्मा, तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिकाका प्राविधिक सहितको टोलिले खाडल पुरेको थियो ।
मंगलवार जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बसेको सहजीकरण समितिको बैठकले निर्माण कम्पनीका आधिकारीक प्रतिनिधि, आधिकारीक कन्सलजेन्ट, तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका लगायतका सवैलाइ बधाइ एवं धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले चारलेनको अन्तिम टुंगो नलाग्दा सम्म सहजीकरण निरन्तर रहने पनि निर्णय गरेको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अभियान सफलता उन्मुख बनाउनु आफुहरु सवैको दायित्व भएको बताएका थिए । उनले यो र त्यो वाहनामा काम रोक्न नहुने भन्दै सवैको सहजीकरण र बैधानिक व्यवस्थापनकालागी जिल्ला प्रशासन कार्यालय उदाररहेको अभिव्यक्ति दिए ।
त्यसैगरी जिल्ला प्रहरी प्रमुख वीर वहादुर वलीले चारलेन सडकमा उपयोग हुने गरी बैधानिक तवरले ल्याएएका नजिन्य पदार्थमा कुनै समस्या नहुने बताएका थिए ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द सुवेदीले तोकिएको समयमा चारलेनका खाडल पुर्न सहयोगी भुमिका निर्वाह गर्ने परीयोजना कार्यालय, कन्सल्टेन्स अफिसर, निर्माण कम्पनी, पालिकाका प्रमुखहरु, यातायात व्यवसायीहरुलाइ समेत धन्यवाद दिएका थिए ।
बैठकले चारलेन सडक निरन्तर मर्मत संभार गर्ने र दशैपछि कार्यतालिका बनाएर काम गर्न पनि निर्माण कम्पनीलाइ निर्देशन दिएको छ । त्यसैगरी बैठकमा चारलेन सडक मर्मतको यो सुरुआत मात्रै भएको भन्दै जहांविग्रन्त त्यहां मर्मत निर्माण कम्पनी स्वयमले गर्ने र समस्या भए सहजीकरण समितिले समस्या समाधान गर्ने पनि निर्णय भएको छ ।
संघिय र प्रदेश निर्वाचन नजिकिंदै गर्दा सडक सहज बनाउनुको विकल्प नभएको भन्दै निर्माण कार्य जारी राख्दै मर्मत र सम्भारलाइ पनि त्यत्तिकै महत्व दिएर अघि बढ्न निर्माण कम्पनीलाइ आग्रह गरीएको छ ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खट्का, घोराही उपमहानगरपालिकाका कार्यवाहक मेयर हुमा डिसी, यातायात व्यावसायी महांसंघका भरतनाथ योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका टंकसिंह बुढाथोकि, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी लगायतको उपस्थीति रहेको थियो ।
बैठकमा अव चारलेन सडकलाइ अन्तिम चरणमा पु¥याउनकालागी निर्माण कम्पनीका प्रतिनिधिहरुले कार्यतालिका बनाएर काम गर्नेगरी सो कार्यतालिका अर्को बैठकमा प्रस्तुत गर्ने पनि सहमती भएको छ ।
त्यसैगरी चारलेन सडक निर्माणका क्रममा लिइएका नदिजन्य पदार्थ तथा काठको अनुगमन गर्नकालागी अनुगमन समिति निर्माण गरेर अघि बढ्ने पनि निर्णय भएको छ । बैठकले संपुर्ण जिल्लाबासीहरुलाइ विजया दशमी, छठ र दिपावलीको शुभकामना दिने समेत निर्णय गरेको जिल्ला समन्वय समिति अधिकारी मोहन सुवेदीले जानकारी दिएका छन् ।