२०८२ असार ४ गते बिहिवार

बजार सफार राख्न बजारबासीलाई उप–प्रमुखको आग्रह

लमही असोज ११ । लमही नगरपालिकाका उप–प्रमुख लक्ष्मी योगीले आफ्नो पसल वा घर वरिपरि सफा राख्न बजार बासीहरुलाई आह्वान गरेकी छन ।

जताततै फोहर फाल्नाले बजारको स्वरुप बिग्रनुको साथै सरुवा रोगको सक्रमण फैलने डर भएकोले यसबाट बच्नका लागि सरसफाई नै उत्तम बिकल्प भएकोले सबैलाई सरसफाईमा ध्यान दिन आग्रह गरेकी हुन ।

उनले चाडपर्ब नजिकएि सगै उपभोक्ताहरुले बजारहरुमा एकै खालको सामानको फरक फरक मुल्य तीर्न बाध्य हुने जनगुनासो बढ्ने गरेकोले उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दे आफ्नो ब्यापार ब्याबसाय सचालन गर्न ब्यापारीहरुलाई आग्रह गरिन ।

लमही नगरपालिका वडा नम्बर ५ स्तरिय महिला सञ्जालले मंगलवार लमहीमा गरेको सरसफाई कार्यक्रमममा बोल्दै योगीले उक्त कुरा बताएकी हुन ।

त्यस अबसरमा सञ्जालका सल्लाहकार तथा पत्रकार लिला शाह, अधिकारकर्मी योग माया शाही,गंगा पान्डेय लगाएतले बोलेका थिए ।

सजालका अध्यक्ष बिना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब चुमा आचार्यले गरेकी थिइन ।

साथै कार्यक्रमअघि घर तथा पसल वरिपरी सफा राखौ, स्वस्थ्य बनौ , घर वरिपरी खाल्डोमा पानी जम्न नदिंउ,डेंगी रोगको सक्रमणबाट बचौ ,आफ्नो घर आफै सफा गरौ,डेंगी नियन्त्रण गरौ भन्ने नारा सहित लमही बजार परिक्रमा गरिउको थियो ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *