२०८१ भाद्र २६ गते बुधवार

अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको प्रायोजक थपिदै

घोराही, १५ फागुन ।

दाङको घोराहीमा आयोजना हुन थालेको अन्तरविद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका लागि प्रायोजक थपिने क्रम जारी छ । शान्ति निकेतन विद्यालयको आयोजना तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा फागुन २१ गतेदेखि हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरीय विद्यालय टि–२० क्रिकेट प्रतियोगितालाई सफल पार्नका लागि प्रायोजकहरु थपिदै गएको विद्यालयले जनाएको छ ।

विद्यालयस्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको प्रतियोगिताको सह–प्रायोजन युवा व्यवसायी सनत गिरीले गर्ने टुंगो लागेको प्रतियोगिता संयोजक केशव अधिकारीले जानकारी दिए ।

त्यसैगरी प्रतियोगिताको को–स्पोन्सर घोराही उपमहानगरपालिका वडा नम्वर–१५ रहेको पनि अधिकारीले जानकारी दिए । प्रतियोगिता संयोजक अधिकारीका अनुसार द लोटस् टे«निङ सेन्टरले द्वितीय पुरस्कार प्रायोजन र सत्यवती पुस्तक पसलले उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजन गर्ने टुंगो लागेको छ । बाँकी प्रायोजक पनि केही दिनकै टुंग्याउने भन्दै संयोजक अधिकारीले सहयोगका लागि सबैसँग आग्रह गरे ।

विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा जिल्लामै पहिलोपल्ट हर्ड बलको प्रयोग गरेर प्रतियोगीता सञ्चालन हुने भन्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले यसै खेलबाट जिल्लाको जुनियर टिमको छनौट गर्ने जानकारी दिए । दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा खेल सञ्चालन हुने भन्दै अध्यक्ष मजगैयाँले खेल नकआउटमा खेल खेलाइने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोस्रो हुने टिमले रु. १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजकमा तपस्या ट्रेडर्स रहेको छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *