२०८१ चैत्र ६ गते बुधवार

नेपाल पत्रकार महासंघ दाङको साधारण सभा कात्तिक १९ गते

दाङ,असोज ११ । नेपाल पत्रकार महासंघ दाङ शाखाले साधारण सभा कात्तिक १९ गते गर्ने भएको छ ।

मंगलबार नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको नियमित बैठकले कात्तिक १९ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठककले देशभर डेंगुको संक्रमण बढिरहेकाले डेंगु सहज उपचार र नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गर्नुका साथै डेंगु संक्रमित पत्रकारहरुको अभिलेख राखी उपचारमा कुनै समस्या भए सहजीकरण गर्ने निर्णय समेत गरेको सचिव आर.के शितलले जानकारी दिए ।

उनका अनुसार हिन्दुहरुको महान् पर्व बिजयादशमी, शुभ दिपावली तथा छठ पर्व– २०७९ को अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुमा शुभकामना व्यक्त गर्दै बिजयादशमी, शुभ दिपावली तथा छठ पर्व– २०७९ को अवसरमा यसबर्षको दशै मिलन कार्यक्रम आलोपालो प्रणाली अनुसार निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रीयासनको व्यवस्थापनमा यही असोज २२ गते घोराहीमा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति शिवहरी मरहठ्ठाले स्थापना गरेको ‘पण्डीत लिलाकान्त मरहठ्ठा पुरस्कार’ कोषमा एक लाख रुपैया थप गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *