२०८१ साउन ६ गते आइतवार

म हुँदासम्म डिआइजी कार्यालय र उच्च अदालत तुलसीपुरबाट कतै सार्न दिन्न – डिल्लीबहादुर चौधरी


तुलसीुपर , असोज १० । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिन तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले आँफु रहँदासम्म डिआइजी कार्यालय र उच्च अदालत तुलसीपुरबाट कतै सार्न नदिने बताएका छन् ।

सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना कृष्णमन्दिर नजिकै नब निर्मित तेक्वान्दो खेलका लागि प्रदेश कबर्डहल उद्घाटन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन ।

लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री चौधरीले प्रदेशको स्थायी राजधानी बनेको दाङको पश्चिम दाङ बिकासका दृष्टिकोणले ओझेलमा नपरोस भनेर सबै सजग हुनुपर्ने बताए ।

तुलसीपुरमा रहेको प्रदेश प्रहरी प्रमुखको कार्यालय र उच्च अदालत कतिपय स्थान्तरणको कुरा कतिपयले गरिरहेको हुँदा स्थापित भइसकेका ती कार्यालय अनेत्र लैजान नदिनका लागि सबै पश्चिम दाङ बासी एक हुनुपर्ने उनको जोड थियो ।

‘ जग्गा अभावलाई देखाएर प्रदेशको स्थायी राजधानी भएकै ठाउँतिर कार्यालय स्थान्तरण गर्न कतिपयले चलखेल गरिरहेका छन्,’ उनले भने ‘ म बचन दिन्छु, म हुँदासम्म ती संरचना अनेत्र सार्न दिनेछैन ।’

उनले सम्बन्धित कार्यालयहरुका लागि जग्गाको ब्यबस्थापन मिलेर गरिने बताए ।

‘दाङलाई स्थायी राजधानी बनाउन ती दुई संरचनाले बिगतमा महत्वपूर्ण भूमिका खेलेका हुन,’ उनले भने ‘अब ती स्थापित संरचना कुनैपनि हालतमा अनेत्र स्थान्तरण गर्न दिनु हुँदैन ।’

राजधानीलाई दाङमा स्थापित गर्न केही मद्दत पुगोस भनेरै आफ्नो पहलमा प्रदेश सरकारको ५० लाख रकम उपलब्ध गराएर तुलसीपुरको दुधेनामा प्रदेशस्तरिय तेक्वान्दो खेलको लागि कबर्डहल निर्माण भएको उनले जानकारी दिए ।

मन्त्री चौधरीले कबर्डहल निर्माण कार्य पुरा भइ सकेपछि खेलाडीका लागि आवश्यक खेल सामाग्री र अन्य सुबिधा थप गर्नका लागि यो आर्थिक बर्षमा थप २५ लाख बजेट छुट्याइएको बताएका थिए ।

मन्त्री चौधरीले युवा लक्षित रोजगारी सृजना गर्नको लागि हरेक गाउँ गाउँमा पुगेर नेटवर्क बनाइने बताए ।

युवाको नेतृत्व विकास गर्नका लागि र युवालाई ब्यबसायिकरण गर्नको लागि पैंशाको कमी हुन नदिने उनले बचनबद्धता जाहेर गरेका थिए ।

बादी समुदायको मादल निर्माणमा नयाँ आयाम थप्न , परियार समुदाय, आइरन समुदायको आधुनिकिकरण गर्न , सारङ्गी बनाउने समुदाय उनीहरुले गाउने गीत संगीतलाई ब्यबसायिक बनाउन मात्रै दाङ जिल्लामा दश करोड बजेट छुट्याइएको जानकारी दिएका थिए ।
उनले आफ्नो निर्वाचन क्षेत्र दाङ क्षेत्र नं। ३ ९१० धेरै पछाडि परेको भन्दै दुई अर्व रकम यही बर्ष बिभिन्न विकास निर्माणको लागि छुट्याएको बताएका थिए ।

‘हरेक गाउँ गाउँमा सहर झल्कीले गरि बिकास पु¥याउनु छ,’ उनले भनेका थिए ‘ हरेक किसानको खेतमा बाह्रैमास सिंचाईका लागि पानी पु¥याउने र हरेक टोलमा अप्ठेरो पर्दा एम्बुलेन्स पु¥याउने गरि विकास गर्न जरुरी छ ।’

पानी जहाँज चलाउने कुरा नेपाली काँग्रेसले नगर्ने भन्दै मोटर बाटो नपुगेको ठाउँमा मोटरबाटो पु¥याउने, अस्पताल नभएको ठाउँमा राम्रो स्वास्थ्य सेवा पु¥याउने र हरेक ठाउँमा रोजगारी सृजना गर्नका लागि बहस सृजना गर्नु आफ्नो उदेश्य रहेको उनले बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले प्रदेश सरकारको ५० लाख र संघको लागत सहभागितासहित छ लाख गरि ५६ लाख बढीमा नयाँ कर्बडहल निर्माण कार्य पुरा भएको जानकारी दिएका थिए ।

संघका महासचिव विनिल केसीले राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिले ३ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि त्यसैमा २३ मिटर लम्बाई र १२ मिटर चौडाइमा तेक्वान्दो खेलाडीको लागि कबर्डहल निर्माण गरिएको बताएका थिए ।

कार्यक्रममा संघका प्रदेश उपाध्यक्ष तथा पूर्व अन्तराष्ट्रिय खेलाडी जितबहादुर केसीले पश्चिम नेपालमै सरकारको प्रमुख लगानीमा तेक्वान्दो खेलाडीका लागि तुलसीपुरमा निर्मित कर्बडहल पहिलो भएको भन्दै खुसी साटेका थिए ।

कार्यक्रममा संघका कोषाध्यक्ष तथा तेक्वादोका अन्तराष्ट्रिय खेलाडी मोहन सुनार, तुलसीपुर – ९ का अध्यक्ष घनश्याम ढकाल, युवा संजाल दाङका अध्यक्ष अरुण लहरे, तुलसीपुर – ८ का वडा सदस्य तुलप्रशाद पोखरेल, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि मुक्तिप्रशाद न्यौंपाने, भवन निर्माण समितिका सदस्य भूपबहादुर केसी लगाएतले कर्बडहल सार्वजनिक सम्पत्ति रहेको हुँदा त्यसको संरक्षण र ब्यबस्थापनमा स्थानीय सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *