२०८२ जेष्ठ ३० गते शुक्रवार

दाङका बिनोदको अमेरिका सपना भारतमै बिलायो

दाङ, असोज १० । एक महिना पहिले घरबाट अमेरिका जान भनेर हिडेका पश्चिम दाङका एक युवकको छिमेकी देश भारतमा मृत्यु भएको छ ।

जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ६ राजपुरका २६ बर्षीय बिनोद साहुको सोमबार बिहान उपचारका क्रममा छिमेकी देश भारतको डिल्लीमा डेंगीका कारण मृत्यु भएको भन्ने अबर आएको फुफाजु उत्तमबहादुर वलीले जानकारी दिए ।

उनले संगै रहेका साथीहरुले शब नेपाल ल्याइरहेको हुँदा आँफु बाँकेको नेपालगंजस्थित जमुनाहा नाकामा पुगिसकेको फरककोणलाई बताए ।

बिनोद नेपाल सरकारको स्वीकृति नलिइ भारत हुँदै गैरकानुनी रुपमा बिदेश जान थालेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *