२०८२ असार १ गते सोमवार

म्यादी प्रहरीको छनोट प्रक्रिया सुरु

काठमाण्डौ ,असोज १० । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू भएको छ ।

चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै छन् । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् ।

आउँदो १४ गतेसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ।

छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम सम्पन्न गर्ने तयारी छ ।

त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्। उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर ८ गते प्रमाणपत्र दिएर बिदाइ गरिने छ।

म्यादी प्रहरीका लागि ४० दिनको कार्यअवधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

४० दिने कार्य अवधिमा तलब र रासनबापत म्यादी प्रहरीले ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन्।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *