दाङ, असोज ९ । बैंक तथा वित्तीय संस्थाहरुले गरेको चर्को व्याजदर वृद्धिको विरोधमा दाङ जिल्ला उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
बैंकहरुले वृद्धि गरेको चर्को व्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत नेपाल सरकारको ध्याणाकर्षण गराएका छन ।
आईतबार दाङ जिल्ला उधोग बाणिज्य सङघको अगुवाईमा प्रधानमन्त्रीको कर्यालय,राष्ट्र बैक,नेपाल उधोग बाणिज्य महासङ्घ,अर्थ मन्त्रालय लगायतका निकायहरुमा ज्ञापन पत्र पेश गरिएको छ ।
सो अबसरमा दाङ उधोग बाणिज्य सङघका अध्यक्ष टंकसिह बुढाथोकि,निबर्तमान अध्यक्ष नारायण भुषाल,तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरि देउखुरि उधोग बाणिज्य सङघका अध्यक्ष खगेश्वर खनाल,राप्ति उधोग बाणिज्य सङघका अध्यक्ष सुरज खडका,गढवा उधोग बाणिज्य सङघका अध्यक्ष खिमबहादुर बुढामगर,नारायणपुर उधोग बाणिज्य सङघका अध्यक्ष अभियान बस्नेत,हापुरे उधोग बाणिज्य सङघका अध्यक्ष टिकाराम खत्री,बिजौरि उधोग बाणिज्य सङघका उपाध्यक्ष बालकृष्ण रेग्मी,बंगलाचुलि उधोग बाणिज्य सङघका अध्यक्ष रुकप्रसाद कुलामि लगायतको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको हो ।