२०८१ साउन ९ गते बुधवार

‘राडार गन वीथ आरएससिसि’

तुलसीपुर, असोज ९ । चारलेन सडक निर्माणका क्रममा घोराही—तुलसीपुर सडक क्षत विक्षत भएको छ ।

यस्तो अवस्थामा पनि अनियन्त्रित गतिमा विभिन्न सवारी साधनहरु चलाउदा दुर्घटनाको जोखिम बढिरहेकाले यसको निराकरणका लागी दाङ प्रहरीले सडकमा राडार गन अर्थात गति मापन यन्त्र राखेर हरेक सवारी साधनहरुको गति मापन सुरु गरेको छ ।

शुक्रवार दिउसो घोराही तुलसीपुर सडक खण्डको वेलझुण्डिमा यो परीदृश्य देखिएको थियो ।

ट्राफिक प्रहरीसंग राडर गन मात्र होइन, रोड सेक्युरीटि चेकपोइन्ट कन्सेप्ट(आरएससीसी)को टिम पनि संगै छ । जसले पुर्ण सडक सुरक्षाको अनुभुति हुन सकोस, अनि सडकमा हुने आपराधिक गतिविधि पनि न्युनिकरण हुन सकोस ।

ट्राफिक प्रहरीले सवारी साधन संग संबन्धित लाइसेन्स, व्लुवुक, रोड परमिट लगायतका कागजात हर्ने छ भने आरएससीसीले ट्राफिक प्रहरीलाइ सुरक्षा दिनुका साथै आफ्ना भिन्नै गतिविधि पनि संगसंगै लैजाने छ ।

जिल्ला प्रहरी कार्यालयले यो अभियानलाइ तुलसीपुर क्षेत्रमा मात्र नभएर घोराही तथा देउखुरी क्षेत्रमा समेत लगेर त्यहाको सार्वजनिक सवारीको अवस्थाको निगमन गर्ने जनाएको छ ।

‘खासमा यो दुर्घटना न्युनिकरणकै अभियान हो, कुन सवारीसाधन कति गतिमा गुडिरहेको छ भनेर कम्पुटराइज प्रविधिबाट यो मेसीनले प्रमाणिकरण गर्छ’, जिल्ला प्रहरी प्रमुख एसपी वीर वहादुर वलीले भने ।

जिल्लामा भएका अधिकांश सडक दुर्घटनाहरुको विश्लेषण गर्दा तिव्र गतिका कारण भएको प्रहरीको ठम्याइ छ । यसैलाइ व्यवस्थापन गर्न यो मेसिनको प्रयोग हुन थालेको हो ।

यस्तो उपकरण दाङ जिल्लामा एउटा मात्र छ । प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको यो मेसिनको बजार मुल्य कम्तिमा १६ लाख रुपैया पर्ने प्रहरी अधिकारीहरुले बताएका छन् । यो मेसिनले मोटरसाइकल देखि हरेक सवारीसाधनको गति रेकर्ड गरीरहेको हुन्छ । कसैले झुट वोल्न पाउने अवस्था रहंदैन ।

अर्को कुरा सार्वजनिक सवारीसाधनहरु तोकिएको निर्धारीत समयमा गन्तव्यमा पनि पुग्न नितान्त जरुरी छ । घोराही—तुलसीपुर सार्वजनिक सवारी साधनको गन्तव्य समय कति निर्धारण गरीएको छ ।

त्यो समयसिमामा गन्तव्य स्थलसम्म पुग्न कति गतिमा सवारी साधन गुड्नु पर्छ भन्ने हेर्न पनि यो मेसिन उपयोगी हुने प्रहरीको भनाइ थियो । प्रहरी अधिकारी भन्छन्, हरेक सवारीसाधनहरु भार क्षमता अनुसारको गतिमा गुड्नु आवस्यक छ, त्यसको वैज्ञानिक अनुगमन यो राडार गनले गरीरहेको हुन्छ ।

‘अहिले सडककै दुरावस्था छ, त्यसैले ठुला र भारी सवारीसाधनहरुको गति त्यति बढि देखिएन, तैपनि यस्तो सडकमा पनि मोटर साइकलको गति भने ७० किमि प्रतिष्ण्टा सम्म देखियो’, चेकजांचमा संलग्न तुलसीपुर ट्राफिक प्रहरीका राडार गन अप्रेटर डिल्ली आचार्यले भने । आफुहरुको चेकजांचमा आरएससीसीको टिमले पनि सघाइरहने उनको अभिव्यक्ति थियो ।

भर्खरै इलाका प्रहरी कार्यालय तुलसीपुरमा सरुवा भएर आएका डिएसपी प्ष्प मल्ल आरएससीसीका विज्ञ पनि हुन् । उनी यहां आएको करीव एक महिनामै यस क्षेत्रमा आरएससीसी (पहेलो ज्याकेट लगाएका) नेपाल प्रहरीको टिम पनि सडक सुरक्षामा खटिएको छ ।

‘हामीले रोड सेक्युरीटि सम्वन्धी सामान्य तालिम दिएर यहिंकै जनशक्तिलाइ आरएससीसीमा खटाएका छौं, यो अभियान निरन्तर जारीरहने छ’, डिएसपी मल्लले भने ।

दाङ जिल्ला पछिल्लो केहि बर्षदेखि लागु औषधको ट्रान्जिट बन्दै छ । रोल्पा, रुकुम तर्फबाट चरेश बोकेर भारत पु¥याउन खोज्ने र भारतीय सिमा बजारबाट ब्राउन सुगर सहितका लागु औषध दाङ हुंदै अन्यत्र पठाउने गिरोह यहां क्रियाशिल छ । प्रहरीले सुराकिका आधारमा हरेक साता दाङमा लागु औषधका कारोवारीलाइ पक्रा उगर्दै आएको पनि छ ।

तर अव सुराकिका आधारमा मात्रै नभएर आरएससीसीको टिमले सडकमै संकास्पद अपराधि तथा लागु औषध कारोवारीको व्याग समेत खोल्न सक्ने छ । अर्थात सवारीसाधनमा राखिएका संकास्पद सामाग्रिहरुको पनि सो टिमले निगरानी गर्न सक्ने पनि प्रहरीले बताएको छ ।

‘हाम्रो यो अभियान दुर्घटना न्युनिकरण संगै आपराधिक गतिविधि गर्ने संकास्पद व्यक्तिहरुको निगरानी संग पनि जोडिएको छ’, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख मल्लले भने । यसमा प्रहरीले आम यातायात व्यवसायी, उद्योगी व्यवसायी तथा नागरीक समाजसंग पनि सहयोगको अपेक्षा गरेको छ ।

यो अभियान सन्चालनसंगै प्रहरीले लागुऔषधका कारोवारीलाइ समेत निरुत्साहित गर्ने अपेक्षा लिएको छ । साथै कुनै स्थानमा दुर्घटना गराएर वा आपराधिक घटना घटाएर भाग्नेहरुकालागी पनि राडार गन र आरएससीसीले प्रभावकारी भुमिका निर्वाह गर्ने पनि इलाका प्रहरी कार्यालय तुलसीपुरको अपेक्षा रहेको बताइएको छ ।

त्यसै गरी प्रहरीले पर्व नजिकिंदै आएको र निर्वाचनको मिति पनि नजिकिंदै आएको सन्दर्भमा फरक खालको सुरक्षा रणनिति ल्याउदै छ । यसमा मापसे परीक्षण, मदिरा बेचविखनमा कडाइ तथा जुवातासमा पुर्ण प्रतिवन्ध जस्ता रणनिति अपनाइन सक्ने जिल्ला प्रहरीका अधिकारीहरुले बताएका छन् ।

साथै पर्व नजिकिंदै गर्दा बसपार्क क्षेत्रमा हुने ठगी, चोरी लुटपाट लगायतको व्यवस्थापनमा पनि प्रहरीले हेल्प डेस्क स्थापनाको तयारी गरीरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *