२०८१ साउन ५ गते शनिवार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

तुलसीपुर, असोज ९ । तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ५९ बर्षीय शालिकराम वलीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

शनिबार बेलुका सात बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ उच्चअदालत अगाडि सडकमा दक्षिण तर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका वलीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते वलीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि राति थप उपचारका बाँके तर्फ लैजाँदै गर्दा वलीको बाटोमै मृत्यु भएको इप्रका प्रमुख मल्लले बताए ।

मोटरसाइकल चालक बारा जिल्लाको कलैयाका २३ बर्षीय इरफान खान प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *