२०८२ असार ६ गते शनिवार

रुकुम पूर्वमा बस दूर्घटना हुँदा तीन जनाको मृत्यु

दाङ, असोज ६ । रुकुम पूर्वमा बिहीबार दिउँसो भएको बस दूर्घटनामा तीन जनाको मृत्यु भएको छ । १२ जना घाइते रहेका छन् ।

काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग अन्तगर जिल्लाको भूमे गाउँपालिका वडा नं. २ थाबाङ बगरमा दुर्घटनामा परेको थियो ।

दुई जना पुरुष र एक महिलाको मृत्यु भएको प्रारम्भीक खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।

घाइतेलाई उद्धार गरि स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाउने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ । बस एक सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *