तुलसीपुर,असोज ६ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दशैं लगत्तै टरिगाँउ बिमानस्थलमा ७२ सिटे जहाज बस्न सक्नेगरि धावनमार्ग बिस्तारको काम अगाडी बढाउने बताएका छन ।
बिहिवार दाङ टरिगाउँ बिमानस्थलको स्थलगत निरीक्षण गर्न आएका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । दाङ जिल्ला एसियाकै ठूलो भ्याली भएको हुँदा जनघनत्वको आधारमा एयरपोर्ट विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
उनले दशैं लगत्तैै यसको बजेट सुनिश्चितता गर्ने र धावनमार्ग विस्तारको काम अगाडि बढाउने तर्क गरे । दाङ एयरपोर्ट बन्नु पर्छ भनेर सरकार सकारात्मक छ,मन्त्री श्रेष्ठले भने,‘ अब एयरपोर्टको स्तरउन्नती गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने सरकारको मान्यता अनुरुप यसको निमार्णका लागि काम अगाडी बढउछौं ।’
यसको लागि एयरपोर्ट आसपासमा सार्वजनिक जग्गा र मुआब्जा दिनुपर्ने पर्ने जग्गाबारे बिस्तृतमा अध्ययन गर्न प्राविधिक खटाउने आश्वासन दिए । ‘२०१७ सालदेखि सञ्चालनमा आएको विमानस्थलको हालसम्म पनि स्तरबृद्धि हुन नसक्दा निरासा छाउनु स्वभाविक हो,मन्त्री श्रेष्ठले भने,अब काम सुरु हुन्छ,निरासा हुनुपर्दैन ।’
साथै मन्त्री श्रेष्ठले अहिलेको सरकारले देशको साधन स्रोतलाई सबै ठाउँमा समानुपातिक रूपमा वितरण गरिने नीति ल्याएको पनि जानकारी दिए ।
कार्यक्रममा शहरी विकास मन्त्री मेटमणी चौधरीले टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका विस्तारका सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । ‘एयरपोर्टको स्तरबृद्धिका लागि जति चाहिन्छ बजेट व्यवस्थापन गर्ने जिम्मा हाम्रो भयो,‘मन्त्री चोधरीले भने,तर यसको विषमा तुलसीपुर उपमहानगरपालिकाका मेयर सगै सम्बन्धीत वडाका वडाध्यक्षले यसको विषयमा चाँसो राख्नुपर्छ ।’
२०११ सालमा बनेको टरिगाउँ एयरपोर्ट पछिल्लो समय झन खस्किदै जाँदा लज्जाबोध भइरहेको उनले तर्क गरे । एयरपोटर्मा ७२ सिटे विमान बस्न सक्ने क्षमता भएता पनि विभिन्न कारण देखाउदै नियमति जहाज उडान हुन सकेन,उनले भने,तर अब यसको स्तरबृद्धि गर्ने जिम्मा हाम्रो भयो,यसका लागि पैसाको अभाव हुने छैन ।
त्यस अवसरमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले धेरै पछिको प्रयत्नपछि टरिगाउँ एयरपोर्टको स्तरउन्नतिसँगै वजेट सुनिश्चित भएको बताए । उनले एयरपोर्टको स्तरबृद्धिका लागि सरकार सकारात्मक रहेको बताउँदै यसको विकासको काम निरन्तर अगाडी बढ्ने आश्वासन दिए ।
टरिगाउँ एयरर्पोटको बिषयमा सामाजिक सञ्जालमा विभिन्न नकारात्मक टिकाटिप्पणी भईरहेको बताउँदै मन्त्री केसीले यसले निकट भविष्यमा समस्या हुने सक्ने तर्फ सचेत हुन आग्रह गरे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर श्यानी चौधरीले भैरहेको कामलाई सकारात्मक ढगंले गर्न सकेमा हरेक काम सम्भव भएको बताइन ।
दाङ एयरपोर्ट सहयोग समितिकी संयोजक समेत रहेकी चौधरीले राज्यको सहयोग पाए ३÷४ महिना भित्र एयरपोर्टमा प्लेन उडाउने तर्क गरिन । त्यस अवसरमा उनले तुलसीपुरलाई डेन्टिङ-पेन्टिङ गर्न योजना बनाएको बताउँदै शहरी विकास मन्त्री मेटमणी चौधरीलाई उक्त योजना हस्तान्तरण समेत गरिन ।
तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।