२०८२ असार ७ गते आइतवार

घोराही कारागारमा नयाँपन

तुलसीपुर ,असोज ५ । घोराही कारागारमा नयाँपन देखिन शुरु गरेको छ ।

कारगारलाई सजाय भोग्ने स्थानको रुपमा भन्दापनि बन्दी सुधारगृहको रुपमा विकास गरेर कारगारलाइ अगाडी वढाउन शुरु गरिएको छ ।

जसबाट कैदी वन्दीहरुको नकारात्मक सोचको अन्त्य हुने अपेक्षा घोराही कारागारले जानएको छ ।

घोराहीमा गत चैतमा सरुवा भई आएका जेलर बासुदेव खनालले कैदी वन्दी र प्रसासनको वीचको दुरीलाइ कम गर्ने थप प्रयास भईरहेको बताए ।

त्यसका लागि कैदीवन्दी संग रहेर प्रत्यक्ष कैदी र जेलर विचमा समस्याहरुको बारेमा छलफल गर्ने जस्ता काम नयाँ भएको उनले बताए ।

यस्तै कैदीवन्दी सर्वेक्षणमा कैदीवन्दी पारिवारिक पृष्ठभुमी देखि कैदीवन्दीले गर्ने दैनिक क्रियाकलापको लगाएत , कैद सजया लिएको समयमा भएको आन्तरिक क्रियाकलापको वारेमा नाम गोप्य राखी प्रत्येक कैदीहरको विवरण लिने कार्य नयाँ भएको बताए ।

यस्तै इ लाइब्रेरी पुस्तकालय,जिमखाना,खेलकुदका बिभिन्न सामाग्रीहरुको ब्यबस्था मिलाईएको छ ।

त्यसबाहेक स्वच्छ वातावरण र सफा भान्सा समेत रहेको कैदीहरुले बताएका छन् । आयआर्जनका लागि बिभिन्न सीपमुलक कार्यक्रम समेत सञ्चालन हुने गरेका छन् ।

कागरागारमा सरकारले प्रति कैदीबन्दी दैनिक ६० रुपैया पैसा र ७०० ग्राम चामल सरकारले उपलब्ध गराएको छ ।

महिनालमा ७० क्वीनटल चामल र ६ लाख रुपैया रकम कैदी वन्दीहरुको लागी आउने गर्छ तर त्यसबाट कटाएर व्यवस्थापनमा असहजता भएको पाइए पनि दाङको कारागारमा भने व्यवस्थापन पारदर्शी देखिएको छ ।

घोराही कारागारमा ३सय २४ जनाले कैद जिवन बिताईरहेका छन् । सवै भन्दा धेरै जबरजस्ती करणीमा बन्दी ४८ र कैदी ३६ जना गरी जम्मा ८४ जना रहेका छन् यस्तै कर्तव्य ज्यानमा ४५ कैदी र १६ जना बन्दी गरी ६१ जना छन् ।

लागुऔषधमा ४२ र कैदी२७ जना गरी ६९ जना रहेका छन् भने नागरिकता किर्ते सम्बन्धी कुनै पनि कैदी वन्दी
छैनन ।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *