तुलसीपुर, असोज ५ । तुलसीपुर उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल विच अन्धोपन न्यूनिकरण अन्तर्गत साझेदारीमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया कार्यक्रमको सम्झौता भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा रहेका मोतियाविन्दुका विरामीहरुको साझेदारी कार्यक्रम अन्तर्गत शल्यक्रिया गरिने छ ।
उपमहानगरपालिकाले त्यसका लागि ५ बर्षको सम्झौता गरेको छ । उपमहानगरले आर्थिक बर्ष २०७९÷८० मा करिव १५० जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नेछ ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्का र नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरी विच एक कार्यक्रमका विच सम्झौतामा हस्ताक्षर भएको हो ।
‘गरिव विपन्न र आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नपाएको आँखाका विरामीहरुले अव शल्यक्रिया गरि उज्यालो पर्दान गरिने छ सम्झौतमा हस्ताक्षर गदै –मेयर खड्काले भने।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले पालिका र आफुहरुको साझेदारीमा उज्यालो अभियान अन्तर्गत निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको भन्दै अव कोहि पनि पैसाको अभावका कारण उपचार सेवाबाट नगरवासीहरु बन्चित हुन नपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न साझेदारी कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई छ ।
सम्झौता अनुसार एसआइसिएस प्रविधि बाट मोतियाविन्दुको शल्यक्रिया गरेपछि प्रति व्यक्ति उपमहानगरपालिकाले ८ हजार व्यहोर्ने र अन्य पैसा अस्पतालले व्यहोर्ने छ ।
त्यस्तै फ्याको प्रविधिबाट शल्यक्रिया गर्नु परेमा थप रु ५ हजार स्वंय विरामीले व्यहोर्ने गरि सम्झौता गरेको राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेलले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्रबहादुर खड्का, अस्पतालका प्रशासक किरण पौडेल र बाहय कार्यक्रम संयोजक नेत्रअधिकृत शालिकराम गौतमलगाएतको सहभागीतामा दुई पक्षविच सम्झौता भएको हो ।