तुलसीपुर,असोज ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा अबदेखि निवेदन लेखाउँदा र फोटोकपी गर्दा सेवाग्राहीले पैंशा तिर्नु नपर्ने भएको छ ।
वडा कार्यालयले नागरिक सहायता कक्ष,फोटोकपी र निवेदन लेख्दा सेवाग्राहीले निशुल्क सेवा प्रदान गर्न थालिएको जानकारी दिएको छ ।
वडाध्यक्ष वडाध्यक्ष रामबहादुर जिसीले जति सक्यो कार्यालयको सेवा सर्वसुलभ र निशुल्क गर्ने प्रयास जारी रहेको जानकारी दिए ।
नागरिक सहायता कक्ष स्थापना गरिएको तथा फोटोकपी र निवेदन लेखन सेवालाई निशुल्क गरिएको उनले बताए ।
कार्यालयमा सेवा लिन आएका स्थानीय सुरक्षित टोलका राज नेपालीले निशुल्क सेवा पाउँदा खुसी ब्यक्त गरे ।
उनले आँफुले कार्यालयमा फोटोकपी गर्दा एक रुपैंया पनि तिर्नु नपरेको भन्दै खुसी ब्यक्त गरेका थिए ।
प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार