२०८१ चैत्र ४ गते सोमवार

तुलसीपुरमा बलात्कारमा परेकी १६ बर्षीया किशोरीले बच्चा जन्माइन


तुलसीपुर, असोज ४ । बलात्कारबाट गर्भ रहेपछि दाङको तुलसीपुरमा एक १६ बर्षीया किशोरीले बच्चा जन्माएकी छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोठलीपुरका ५१ बर्षीय नन्दराम कवर (मगर) बलात्कारको आरोपम पक्राउ परेका छन् ।

पीडित किशोरीले सोमबार दिएको जाहेरीका आधारमा कवर पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार कवरले किशोरीलाई गत फागुनमा गोठमा बलात्कार गरेका थिए ।

उनले सात महिनामै भदौ २६ गते राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा छोरालाई जन्म दिएको प्रहरीले जानकारी दिएको छ ।

जन्डित देखिएपछि बच्चालाई अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले बताएको छ ।

घटना अनुसन्धानका लागि जिल्ला अदालतले मंगलबार पाँच दिन थुनामा राख्न अनुमति दिएको डिएसपी मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *