२०८२ असार ५ गते शुक्रवार

अनुसन्धानका एसएसपी भण्डारीको बिदाइ

शरद रेग्मी, तुलसीपुर, असोज ४ । तुलसीपुरमा राष्ट्रिय अनुसन्धानका एसएसपी अर्जुन भण्डारीको बिदाई गरिएको छ ।
अनुसन्धान बिभागको जिल्ला प्रमुख भण्डारीको हालसालै प्रमोसन हुनुका साथै नवलपरासीमा सरुवा भएको थियो ।


बिदाई भएर जान लागेका तुलसीपुरका स्थायी बासिन्दा एसएसपी भण्डारीको सम्मानमा तुलसीपुर उद्योग बाणिज्य संघले फेरि भेटौंला कार्यक्रम आयोजना गरि मंगलबार बिदाई गरेको हो ।


बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेको अध्यक्षताम भएको कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी भण्डारीले आँफु तुलसीपुरमै जन्मि हुर्केको हुँदा रोजगारीको सिलसिलामा जहाँ पुगेपनि तुलसीपुरलाई कहिलै बिर्सन नसक्ने बताएका थिए ।
तुलसीपुर क्षेत्रको विकाशको लागि वाणिज्य संघले बिगतदेखि नै निकै उदाहरणिय कार्य गर्दै आएको भन्दै भविश्यमा पनि त्यसलाई निरन्तता दिन उनले आग्रह गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै बाणिज्य संघका पूर्व अध्यक्ष हेमन्त रिजालले जहाँ पुगेपनि आफ्नो ठाउँको बिकाश र उन्नतिमा लागि रहन आग्रह गरेका थिए । अन्य बक्ताहरुले भण्डारी जागिरे जीवनमा रहँदा पनि जहिलै तुलसीपुर तथा पश्चिम दाङको बारेमा बिशेष चासो राख्ने ब्यक्ति रहेको भन्दै प्रशंसा गरेका थिए ।

बिदाई भएर जान थालेका अनुसन्धानका एसएसपी भण्डारीलाई पूर्व अध्यक्ष बीरबहादुर रावत ९बिरु०, बिमल रिजाल, बरिष्ठ उपाध्यक्ष मिनकुमार भण्डारी लगाएतले पदोउन्नती भएकोमा बधाई ज्ञापन गर्दै थप प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।


बाणिज्य संघका उपाध्यक्ष ललित शाहको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बाणिज्य संघका महासचिव विनिल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *