तुलसीपुर, असोज ३ । लुम्बिनी प्रदेश सरकारले दाङको तुलसीपुरबाट पत्रकारिता गर्दै आएका पत्रकार नारायण खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरेको छ ।
आठौं संविधान दिवसका अवसरमा बुटवलमा सोमबार बिहान आयोजित एक समारोहका बीच पत्रकार खड्कालाई उक्त पदक दिने प्रदेश सरकारले घोषणा गरेको हो ।
खोज पत्रकारिता मार्फत जनतालाई सुशुचित गर्ने निरन्तरता प्रदान गरेको भन्दै पत्रकार खड्कालाई प्रदेश रत्न पदक प्रथम प्रदान गर्ने घोषणा गरिएको प्रदेश सरकारको निर्णयमा उल्लेख छ ।
पत्रकार खड्का बिगत २० बर्षदेखि पत्रकारितामा निरन्तर क्रियासिल रहँदै आएका छन् ।
संविधान दिवशको अवसरमा घोषणा गरिएको यो पदक प्रदेश स्थापना दिवसका अबसरमा प्रदान गरिने छ ।
प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार