२०८२ असार ४ गते बिहिवार

स्वर्गिय सुशील कोईरालालाई मरणोपरात्न नेपाल रत्न पदक


काठमाडौं, असोज ३ । संविधान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने भएको छ ।

स्वर्गिय कोइरालाकै अडानले २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको थियो ।

गृह मन्त्रालयले मानपदवी, अलङ्कार र पदक पाउनेको नाम सार्वजनिक गर्दैै नेपाली काँग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री कोइरालालाई नेपाल रत्न प्रदान गर्न लाागिएको जानकारी दिएको छ ।

त्यस्तै राष्ट्र गौरव स्वर्गिय जीवराज न्यौपाने आश्रित, तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद सत्यमोहन जोशीलाई दिइने भएको छ।

सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् जगमान गुरूङलाई विभूषित गरिने भएको छ।

यस्तै सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई विभूषित गरिने भएको छ। कुल ९९८ जनालाई पदक प्रदान गर्न थालिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवी, अलङ्कार र पदक दिने कार्यक्रम छ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *