२०८२ असार १ गते सोमवार

योजना कलेक्शन गर्दै प्रदेश पुर्वाधार प्राधिकरण

दाङ, असोज २ । संघीयता सुरुवातको केही समयमै गठन भएको लुम्बिनी प्रदेशको प्रदेश पुर्वाधार प्राधिकरण कार्यालय कार्यकाल समापनको वेला योजना बैंक बन्ने अभ्यास थालनी गरेको छ ।

लुम्विनी प्रदेशको स्थाइ राजधानीमै स्थापित प्राधिकरणको कार्यालयले दाङ जिल्लामा आएरै योजना छान्ने पहिलो प्रयास गरेको छ ।

यसमा प्राविधिक सहयोगी निकायका रुपमा एरागन मेक हाइडल एण्ड मल्टि सर्भिस प्रा.लि.ले ललितपुरले कन्सल्टेन्सीले सहयोग गर्न थालेको छ ।

समग्रमा स्थानिय सरकारसंगै साझेदारी र सहकार्यमा योजना छान्ने प्रदेश पुर्वाधार प्राधिकरणको लक्ष हो ।

प्रदेश पुर्वाधार प्राधिकरणको योजना बैंककै निति अनुरुप विकाश विज्ञहरुले हरेक जिल्लामा पुगेर सवै पालिकाका संभावित योजनाहरु संकलन गर्ने छन् ।

त्यसैकालागी हरेक जिल्लामा जिल्ला समन्वय समितिको समन्वयमा योजनाका विषयमा पनि जानकारी लिन थालिएको छ ।

दाङ जिल्लाका दुइ उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउपालिकाका प्रमुख, उपप्रमुख र प्राविधिक शाखाका प्रमुखरुलाइ प्रदेश पुर्वाधार प्राधिकरणले सामुहिक भेला गराएर योजनाका सन्दर्भमा बृहत छलफल समेत सुरुआत गरेको छ ।

त्यसको सुरुआत दाङ जिल्लाबाट भएको छ । ‘हामीले कृषि र पर्यटनलाइ प्रमुखता दिएर त्यसबाहेका पनि योजनालाइ सम्वोधन गर्ने गरी योजना बैंक बनाउंदै छौं’ कार्यक्रममा प्रस्तुतीकरण गर्दै एरागनका विज्ञ योगेश कुमार श्रेष्ठले भने । उनको व्रिफिङमा सडकको ट्र¥याक खुल्नु भन्दा कृषि र पर्यटनका योजनाहरु ल्याएर वैदेशिक रोजगारीको अवस्थालाइ पनि कम गर्नु थियो ।

आन्तरीक रोजगारीको प्रवद्र्धन गर्न हरेक स्थानिय तहमा मानव संसाधनको विकास अपरीहार्य भएकाले बाझो जमिनलाइ सदुपयोगको रणनितिक योजना ल्याउन पनि उनको प्रस्तुतीकरणमा स्पष्ट थियो ।

हरेक पालिकाले कृषिका योजनालाइ प्रार्थमिकता दिनु पर्दछ, ताकि यसले कृषिमा मुलुक आत्मनिर्भर बनोस् अनि कृषि क्षेत्रमै मानव संसाधन पनि यहिकै उपयोग हो भन्ने पनि विज्ञ श्रेष्ठको प्रस्तुतीमा उल्लेख थियो ।

उनको अझै महत्वपुर्ण अभिव्यक्ति के थियो भने, काठमाण्डौ उपत्यका भन्दा निकै ठुलो दाङमा धेरै जग्गा उपयोग विहिन भएकाले त्यसमा भुः उपयोग निति लिएर कृषिलाइ उकास्न पनि सुझाव थियो ।

जिल्ला समन्वय समितिको आयोजना र प्रदेश पुर्वाधार प्राधिकरणको संयोजनमा भएको कार्यक्रममा प्रदेश पुर्वाधार प्राधिकरण लुम्विनी प्रदेशका इन्जिनियर सरीता आचार्यले प्रदेश पुर्वाधार प्राधिकरण अहिले योजना छान्न प्रदेश भरीका पालिकाहरुमा पुग्न थालेको भन्दै छानिएका योजनाहरुलाइ विश्लेषण गरी कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गरिन ।

‘हामीले यो चरणमा स्थानिय पालिकाका योजनालाइ कलेक्शन गर्दै छौं, यी योजनाहरुलाइ क्रमश कार्यान्वयनमा लैजाने पनि हाम्रो पहिलो प्रार्थमिक आधार तपाइहरुनै हुनु हुने छ’, प्राधिकरणका प्रतिनिधि आचार्यले भनिन् ।

साथै उनले प्रदेश पुर्वाधार निर्माणमा कुन कुन निकायको सहयोग हुने भन्ने सन्दर्भमा पनि प्रष्ट्याएकि थिइन् । कन्सल्टेन्टका विज्ञ डा. विष्णु कुमार सिंजालीको सहजीकरणमा भएको कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा योजना प्रमुखहरुले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले योजना छनौटमा भन्दा पनि कार्यान्वयनका सवालमा गम्भीर हुन आयोजकलाइ सुझाव दिएका थिए ।

उनले स्थानिय सरकारले सम्पन्न गर्न नसक्ने योजनालाइ प्रदेश सरकारले सम्वोधन गर्नुपर्ने भन्दै आफुहरुले दिएका योजना र सुझावहरुलाइ टिपोटमा मात्रै सिमित नराखेर झुक्याउन नहुने पनि बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले प्रदेश सरकारलाइ वहुदेश्यीय योजना छान्न सुझाव दिए । उनले ववइ करीडोर र राप्ती करीडोरका योजनाका विषयमा आयोजकलाइ ध्यानाकर्षण गराएका थिए । साथै भुः उपयोग नितिका सन्दर्भमा पनि प्रदेश पुर्वाधार प्राधिकरणले अर्थपुर्ण कार्य योजना ल्याउनु पर्ने पनि सुझाव दिएका थिए ।

‘हामीलाइ योजना मागेर फकाउने होइन, आवस्यक बजेट सहित योजनालाइ कार्यान्वयनमुखि बनाउने भए मात्रै हामी फेरी फेरी पनि तपाइहरुसंग जोडिने छौं’, खड्काले भने ।

बगंलाचुली गाउपालिकाका अध्यक्ष तुलसीराम पुनले पहिलेकै मास्टर प्लानका योजनालाइ थाति राखेर नयांं योजना ल्याउंदा हामी आफै समस्यामा पर्ने छ होइनौं भन्ने प्रश्न उठाएका थिए ।

उनले नयां योजना छान्नु भन्दा पनि प्रदेश सरकारले यसअघिका योजना फत्ते गर्न तर्फ लाग्न सुझाव दिएका थिए । राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश विष्टले पनि योजनामा दिगोपन ल्याउनुपर्ने तथा प्रादेशिक राजधानी स्थललाइ गम्भीरता पुर्वक योजना ल्याउन सुझाव दिएका थिए ।

उनले स्थानिय पालिकाले प्रदेश संगको सहकार्यमा राप्ती नदिमा ¥याफ्टीङ तथा वहुदेश्यीय जलासयको अवधारणा ल्याउने पनि तयारी भएको बताए ।
कार्यक्रममा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले देउखुरी तरकारी हव बन्ने संभावना भएपनि विचौलियाहरुको विगविगिका कारण समस्या भएको भन्दै तरकारी योजनालाइ प्रदेश प्राधिकरणले गम्भीरता पुर्वक लिनुपर्ने बताइन् ।

राजपुर गाउपालिकाका प्रमुख शरद कुमार बुढाथोकि, दंगिशरण गाउपालिकाका सम्भु गिरी, ववइ गाउपालिकाका प्रमुख कुल वहादुर क्षेत्री, शान्ति नगर गाउपालिकाका प्रमोद बस्नेत लगायतले प्रदेशले योजना छान्दा पालिकाको भन्दा बढि बजेट र संघिय योजनाको भन्दा कम बजेटमा छान्न आग्रह गरेका थिए । उनीहरुले प्रदेश सरकारले कनिके योजनामा बजेट नहाल्न पनि सुझाव दिएका थिए ।

कार्यक्रमको संपुर्ण व्यवस्थापन एरागन मेकहाइडल एण्ड मल्टि सर्भिस प्रालिका व्यवस्थापक युवराज घर्तिले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *