२०८१ साउन ९ गते बुधवार

तुलसीपुरबाट २४ जना चोर पक्राउ

तुलसीपुर, भदौ ३१ । तुलसीपुर बजार क्षेत्रमा चोरी कार्यमा संलग्न २४ जना पक्राउ परेका छन् ।

एकै साथ धेरै चोरहरु पक्राउ परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राख्न ठाउँको अभाव भएको एक प्रहरी अधिकारीले बताए ।

उनले भने –‘ थुनुवा कक्षा सानो छ र एकै साथ ३४ चोर पक्राउ परेपछि राख्ने ठाउँकै समस्या भइरहेको छ।’

केही दिनको अन्तररालमा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले फरककोणलाई जानकारी दिए ।


पक्राउ परेकाहरु दश बर्षदेखि ४५ बर्ष उमेरसम्मका रहेको डिएसपी मल्ले बताए । पक्राउ परेकाहरु मध्य कुखुरा चोरदेखि सुन चोरसम्मको चोरी कार्यमा संलग्न रहेको पाइएको मल्ले जानकारी दिए ।

पक्राउ परेकाहरु म्याद थप पछि छिट्टै सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । चाड पर्वको समयमा बिगतमा पनि तुलसीपुरमा बिभिन्न खाले चोरीका घटना हुने गरेका थिए ।

यसपटक त्यो हुन नपवास भनेर प्रहरीले पहिलेदेखि नै तयारी थालेको डिएसपी मल्लले बताए ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *