२०८२ असार ९ गते मङ्गलवार

साढे ४ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

दाङ,भदौ ३१ । साढे चार ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

बाँकेको खुजुरा गाउँपालिका वडा नं.४ एल गाउँका २९ बर्षीय आशिष चौधरी उक्त परिमानको ब्राउन सुगरसहित बिहीबार पक्राउ परेका हुन ।

उनी भारतवाट नेपालतर्फ पैदल हिडेर आइरहेका थिए । चौधरीलाई आशंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकमा बेरेको पाँच पोका ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद घर्तीले बताए ।

चौधरी माथि आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *