शरद रेग्मी, तुलसीपुर,भदौ २९ । तुलसीपुर उपमहानगरपालिकका मेयर टीकाराम खडकाले दशै अघि नै तुलसीपुरको बजार ब्यबस्थित गरि सक्ने बताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य सङघले बुधबार बिहान आयोजना गरेको छलफल कार्यक्रममा खडकाले बजार भित्रको ब्बस्थापनमा केही चुनौती देखिएको भएपनि अब बाणिज्य संघको सहयोगमा ब्यबस्थापनको काम अगाडि बढाउने बताए ।
हिन्दु नेपालीका ठूला चाडपर्ब नजिकिए संगै बजार ब्यबस्थापन, ट्राफिक ब्यबस्थापनमा पहल गर्नेदेखि एयरपोर्टमा नीजि क्षेत्रको जहाज उडान पहल गर्ने मेयर खड्काले आश्वासन बाँडे ।
‘फुटपाथ खाली बनाएर पार्किङ ब्यबस्थित बनाइने छ,’ खड्काले भने ‘ त्यो काममा सबैले सहयोग गर्न आवश्यक छ । ’
बसपार्क ब्यबस्थित गर्दै सडक बत्ति मर्मत गर्नेदेखि ब्यबसाय कर संकलन लगाएत बिभिन्न बिषयमा बाणिज्य संघले ध्यानाकर्षण गराउन छलफल आयोजना गरेको थियो ।
कार्यक्रममा उपमेयर स्यानी चौधरी, बाणिज्य संघका पूर्व अध्यक्ष बीरबहादुर रावत (बिरु) ,पूर्ब अध्यक्ष बिमल रिजाल , सल्लाहकार अनुपकुमार श्रेष्ठ, मानार्थ सदस्यहरु खगेन्द्र प्रसाद पोखरेल, पुर्णचन्द्र धिताल, पूर्ब सल्लाहकार नारायण खनाल, ब्यबसायीहरु मिनराज भण्डारी,ललितजंग शाह,देबबहादुर केसी, रुपेश शर्मा,दिपेश भण्डारी लगायतले तत्काल बजार ब्यबस्थित गर्न मेयरको ध्यानाकर्षण गराएका थिए ।