तुलसीपुर, भदौ २९ । राष्ट्रिय निर्वाचन परीबेक्षण समिति (नियोक)को अधिबेशन तुलसीपुरमा भएको छ ।
नियोकका सभापति बिनोदकुमार श्रेष्ठको अध्यक्षता र अधिबक्ता मोहन धितालको प्रमुख आथित्यतामा भएको कार्यक्रमले नियोकको नयाँ कार्यसमिति चयन गरेको छ ।
जस्को सभापतिमा ठाकुर डाँगी, उपसभापतिहरुमा शालिकराम वली, सरस्वती नेपाली र सुजाता केसी रहेका छन् । त्यस्तै सचिवमा धनिराम भण्डारी र कोषाध्यक्षमा सीता पुनलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा केशब थापा, साबित्रा चौधरी, खुमानन्द अधिकारी, चन्द्रकली अधिकारी, सनत जिसी, रबि गुप्ता र प्रमिला लम्साल रहेका छन् ।
यसैबीच नियोकको मंगलबार बसेको पहिलो बैठकले सल्लाहकार चयन गरेको छ ।
बिनोदकुमार श्रेष्ठ र टेकनप्रशाद कँडेललाई सल्लाहकार र अधिबक्ता मोहन धिताललाई कानुनी सल्लाहकारका रुपमा चयन गरिएको छ ।
नयाँ कार्यसमितिको पदहस्तान्तरण कार्यक्रम पनि भएको छ ।