२०८१ असार २९ गते शुक्रवार

तुलसीपुरलाई बाताबरण मैत्री नगर बनाउन प्रतिबद्ध छौं ः नगरप्रमुख खड्का

तुलसीपुर,भदौ २७ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खडकाले तुलसीपुरलाई बाताबरण मैत्री नगर बनाउन प्रतिबद्ध रहेको बताएका छन ।

अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था तुलसीपुर–९ र एफ.एफ.डि.को सहकार्यमा सञ्चालित कार्यक्रमको बारेमा स्थानीय सरोकारवालाहरुबिच भएको बैठक तथा कार्यक्रममा खड्काले यस्तो बताएका हुन । उनले भने,‘सहकारी संस्थासगं समन्वय गरि तुलसीपुर नगरलाई बातावरण मैत्री नगर बनाउन तयार छौं ।’

अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष टेकनाथ कंवरको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सरोवारवालाहरुले तुलसीपुरलाई बाताबरण मैत्री नगर बनाउने,उद्योग स्थापना गर्ने र सामुदायिक बनबाट आयआजर्न भएका बस्तुहरुको बजारीकरण गर्ने,व्यवस्थित तरिकाले दुना टपरी उद्योग सञ्चालन गरि युवाहरुलाई रोजगारी दिने लगाएतका निणर्यहरु भएका छन ।

त्यस अवसरमा सहकारी संस्थाका सल्लाहकार सोभाकर सापकोटा,एफ.एफ.डि फिनल्यान्ड सस्थाका कार्यक्रम अधिकृत जेनिओ म्यान,तुलसीपुर उपमहानगरपालिका पशु शाखा प्रमुख मनोज वलि,कृषि शाखा प्रमुख धनराज गौतम,फेकोफनको कार्यक्रम अधिकृत जनक आचार्य,सहकारीको कार्यक्रम सयोजक बिद्याराज कडेंल लगाएतले बोलेका थिए ।

सहकारी संस्थाका उपाध्यक्ष बिष्णु पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिब भुप बहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *