२०८२ असार ७ गते आइतवार

‘महिलालाइ कोटा होइन समान अधिकार चाहिन्छ’

तुलसीपुर,भदौ २६ । राज्यमा हरेक तहमा महिला नेतृत्व आवश्यक रहेको आइतवार घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

क्रियाशिल पत्रकार महिला wwj दाङको आयोजना तथा संकल्प महिला एव्ंम शान्ति न्याय र लोकतन्त्रका लागी समावेसी महिला सञ्जालको सहकार्यमा भएको निर्बाचनमा महिलाको अर्थपुर्ण सहभागीता विषयक छलफल कार्यक्रममा वोल्ने सहभागीहरुले यस्तो बताएका हुन ।

उनीहरुले महिलाले अबसर पाएमा निर्णायक तहमा पुगेर काम गर्न सक्ने बताए ।

कार्यक्रममा नेपाली काग्रेस दाङका सभापती शंकर प्रसाद डाँगीले स्वंयम महिलाहरु नै एकताबद्ध भएर अगाडी बढ्न आवस्यक रहेको बताए । उनले महिला स्वयम एकले अर्कोलाई सहयोग र सहकार्यको परिपार्टि नबन्दासम्म राजनितिमा महिलाको अर्थपुर्ण सहभागिता नहुने बताए ।

कार्यक्रममा नेपाल महिला सघका सस्थापक अध्यक्ष बिमला योगीले समानुपातिक समाबेशितालाइ समान बनाउनु पर्नेमा जोड दिइन ।

निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागीता,लोकतन्त्र र निर्वाचन परिपुरक भएको हुँदा राजनीति पहुँचमा महिला सहभागी आबश्य्क रहेको उनको भनाई छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य माया शर्माले लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ती जति महिलाले समय खर्चेका भएपनि महिलाका हक अधिकार अझैपनि पुर्ण नभएको तर्क गरिन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं नेपाल महिला तथा दलित अधिकारकर्मी मिना स्वर्णकारले पावर र भनसुनको भरमा राजनीतिमा अगाडी ल्याउने प्रवृत्ति कायम भएकोले पहिले महिला माथी हुने भेदभावको अन्त्य गर्न आबस्यक रहेको धाारणा राखिन ।

उनले आफुहरुको पार्टीले महिलाहरुको अर्थपुर्ण सहभागिलाई सधै अगाडी बढाएर अबसर दिदै आएको पनि बताइन ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले महिलालाइ समान अधिकार र पुरुषबादी चिन्तनलाइ त्याग्न जरुरी रहेको बताए । उनले महिला नेतृत्वलाई अगाडी बढाउन आफुहरु संबेदनसिल रहेको पनि बताए ।

महिला संघ दाङका अध्यक्ष गोमा रावतले महिलालाइ आरक्षण र समानुपातिकमा मात्र नभई हरेक क्षेत्रमा समान सहभागिता हुनुपर्ने बताइन ।

काग्रेस नेतृ देबा डांगीले अझै पनि महिलाले नै महिलाको नेतृत्व स्वीकार्न नसक्नु दुखद विषय भएको धारणा राखिन ।

अपांग मानव अधिकार सरोकार मञ्चका देबका खनालले जुन सुकै स्थानमा पनि अपांगता भएका व्यक्तिहरुले अबसर नपाउने गरेको गुनासो गरिन ।

त्यस्तै नेकपा एमाले दाङका सचिवालय सदस्य विवेक श्रेष्ठले राजनितीमा महिला नेतृत्व वढाउन नेकपा एमाले गम्भिरताका साथ लगि परेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्हाकार लक्ष्मी आचार्यले राजनीतिक उपलब्धी प्राप्त गर्न सामाजिक न्यायको समान सहभागीता रहनुपर्ने बताइन ।

दाङ महिला जेसिजका कार्यबहाक अध्यक्ष लक्ष्मी घमालले राजनितीमा महिलाको अर्थपुर्ण सहभागिता अझै पनि न्युन रहेको औल्याइन । उनले संक्षम व्यक्तिले भन्दा पनि पहुँचको भरमा निवार्चनमा अबसर दिने गरेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताइन ।

क्रियाशिल पत्रकार महिला धधव दाङका अध्यक्ष रोशनि मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष बसुन्धरा गौतमले स्वागत धन्यवाद लुम्बिनी प्रदेश सयोजक लिला शाह र सहजीकरण सचिब सर्मिला डिसीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *