२०८१ फाल्गुन २ गते शुक्रवार

दुई बर्ष कैद तोकिएकी महिला पक्राउ


तुलसीपुर, भदौ २६ । लेनदेन मुद्दामा दुई बर्ष कैद तोकिएकी घोराहीकी एक महिला पक्राउ परेकी छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १२ की ३७ बर्षीया चुमकुमारी बुढालाई दाङ जिल्ला अदालतले लेनदेन मुद्दामा दोषी ठहर गर्दै २०७५ साल चैत १३ गते दूई बर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि फरार रहँदै आएकी प्रतिबादी बुढालाई खोजी गर्ने क्रममा भदौ २४ गते घोराही–१३ कलम घारीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजनकुमार गौतमले फरार प्रतिबादी बुढालाई आइतबार अदालत पेश गरिएको जानकारी दिए ।

अदालतको आदेशले तोकिएको सजाय कटाउन बुढालाई कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *