तुलसीपुर,भदौ २५ । लुम्बिनी प्रदेशका पर्यटन,ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीको पहलमा बजेट बिनियोजन भएपछि तुलसीपुरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको शाखाको भवन निर्माण सुरु भएको छ ।
मन्त्री चौधरीले भवनको शनिबार शिलन्यास गरेका हुन ।
कार्यक्रमलाई सम्बाधेन गर्दै मन्त्री चौधरीले रेडक्रसको भवन निमार्णका लागि प्रदेश सरकारबाट यसवर्ष २० लाख रुपैया बजेट छुट्याएको जानकारी दिएका थिए ।
भवन निमार्णमा बजेट अपुग भए आगामी वर्ष बहुवर्षे योजना अन्तरगत बजेट बिनियोजन हुने उनले बताएका थिए ।
फरक प्रशंगमा मन्त्री चौधरीले दाङमा आत्महत्याको समस्या निकै जटिल बन्दै गएको भन्दै यसमा सबैको पहलबाट न्यूनिकरण गर्न सकिने बताएका थिए ।
त्यस्तै उनले राजधानी सार्ने विषयलाई लिएर भ्रम छर्ने काम भैरहेको भन्दै आपत्ति जनाए ।
नेपाली कांग्रेसले ह्वीप लगाउँदा लगाउदैपनि आँफुले पद धरापमा राखेर राजधानी दाङमा ल्याउन आँफुले मतदान गरेको उनले स्पष्ट पारे ।
बिरामी भएर देउखुरीमा भएको कार्यक्रममा जान नसक्दा राजधानीकै विषयमा राजनीति नगर्न र झुठको खेती नगर्न आग्रह गरे ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर – ७ का वडा अध्यक्ष रामबहादुर जिसी, रेडक्रस मानपुर उपशाखा सभापति जगदिस देबकोटा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रेडक्रम दाङका जिल्ला सदस्य हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शाखाका संस्थापक सदस्य टीकाराम रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण शाखाका मन्त्री प्रकाश श्रीबन्दले गरेका थिए ।