२०८१ चैत्र ६ गते बुधवार

प्रर्सेनीमा २ दिने आधारभुत सहकारी शिक्षा तालिम सुरु

तुलसीपुर,भदौ २५ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित प्रर्सेनीमा दुई दिने आधारभुत सहकारी शिक्षा तालिम सुरु भएको छ ।

सशक्तीकरण महिला बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा भएको तालिमको शनिवार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।

सस्थाका अध्यक्ष पदमा कडेंलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ७ का अध्यक्ष रामबहादुर जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अबसरमा सम्बोधन गर्दै प्रमुख अतिथी जिसिले कुनैपनि कार्य गर्न इच्छाशक्ति र शिक्षा आवश्यक पर्ने भएकोले सहकारी शिक्षा आजको आवश्यकता भएको बताए ।
उनले सहकारी संस्थाको अपुरा रहेका भौतिक सरचंना निर्माणका लागि वडा सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

त्यस्तै वडा सदस्य सोभाराम भण्डारीले सहकारी संस्थाहरुमा सेयर सदस्यहरुमा सहकारी शिक्षाको कमि हुदां काम गर्न कठिनाई भैरहेको अवस्थामा सहकारी आधारभुत तालिमले महत्वपुर्ण भुमिका खेल्ने तर्क गरे ।

संस्थाका पुर्ब अध्यक्ष ललिता कडेंल र लेखा समितिका पवित्रा धितालले तालिम माफर्त सहकारीका नीति नियम स्पष्ट हुने विस्वास व्यक्त गरिन ।

दुई दिने तालिमका प्रशिक्षक जनक भण्ण्डारीले सहकारी सस्थामा काम गर्दा ऐन–कानुनको बारेमा ज्ञान नहुंदा समस्या हुने गरेको भन्दै तालिम तथा शिक्षा महत्वपुर्ण हुने बताए ।

उनँले तालिममा सहकारीका समिति,ब्यबस्थापकले गर्ने काम तथा जिम्मेवारी,सहकारी कानुन,बचत ऋणको वृद्धि कसरी गर्ने लगाएतका बारेमा प्रशिक्षण दिने पनि जानकारी दिए ।

सशक्तीकरण महिला बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष गोमा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ब्यबस्थापक लक्ष्मी शर्माले गरेकी थिइन ।

साथै त्यस अबसरमा नब निर्बाचित वडा अध्यक्ष र सदस्य हरुलाइ सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *