२०८१ साउन ५ गते शनिवार

आज १०९औँ विपी जन्मजयन्ती

तुलसीपुर, भदौ २४ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको आज १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइँदैछ।


नेपाली काँग्रेस दाङलेपनि जिल्लाका बिभिन्न स्थानमा आज बिपीको जन्मजयन्ती मनाउने तयारी गरिरहेको छ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका बिपीको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।


जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए। विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको थियो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस बनेको थियो ।

क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा– कांग्रेस सरकारमा बिपी गृहमन्त्री बनेका थिए । उनी विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।


कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरेपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *