२०८२ जेष्ठ ११ गते शुक्रवार

दाङ अदालतबाट भागे प्रहरीले म्याद थप्न लगेका बन्दी


तुलसीपुर, भदौ २३ । दाङ जिल्ला अदालतबाट प्रहरीले म्याद थप्न लगेका एक जना बन्दी फरार भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ बर्षीय लक्ष्मण बिश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतबाटै फरार भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतले फरककोणलाई बताए ।

बिश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए । विश्वकर्मालाई भित्र न्यायाधिस समक्ष पेश गर्ने क्रममा सौचालय गएका थिए ।

त्यही क्रकमा उनी सौचालयको झ्यालबाट भागेको डिएसपी गौतमले बताए ।

लामो समयसम्म विश्वकर्मा नआएपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ फेला नपरेको डिएसपी गौतमले जानकारी दिए ।

विश्वकर्मा सौचालयको झ्यालबाट निस्किएर अदालतको पर्खाल नाघेर फरार भएका थिए ।
उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *