२०८२ असार ७ गते आइतवार

शिक्षकले पाइपले कुट्दा बिद्यार्थीको एउटा औंला फ्याक्चर

तुलसीपुर, भदौ २२ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित बिपी माध्यामिक विद्यालय पातेटाकुरामा शिक्षकको कुटाइ बाट बिद्यार्थीको एउटा औंला फ्याक्चर भएको छ ।


बिद्यालयका शिक्षक उदयराज भण्डारीले पाइले कुटपिट गर्दा कक्षा ९ मा अध्यनरत १५ बर्षीय सुशील बुढाथोको दाँया हातको औंला फ्याक्चर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

घाइते बिद्यार्थीलाई सुरुमा तुलसीपुरस्थित सिटी हस्पिटलमा लगिएको र पछि राप्ती प्रादेशिक अस्पतालमा लगेर फ्याक्चर भएको औंलोको सल्यक्रिया गरिएको बिद्यालयकी प्रधानाध्यापक तुलसी गिरीले जानकारी दिइन । शिक्षकको कुटपिटबाट बिद्यार्थीका दुबै हात सुन्निएका छन् ।


६औं घन्टीमा अर्थशास्त्र पढाउन शिक्षक भण्डारी कक्षा १० मा गएका थिए । कक्षा ९ संगै थियो । शिक्षक कक्षा कोठामा पुगि सकेका थिएनन् । तीन बिद्यार्थी आपसमा झगडा खेले ।


हो हल्ला भएपछि शिक्षक भण्डारी पढाउन छोडेर नौं कक्षा गएर झगडामा संलग्न तीनै जना बिद्यार्थीलाई बाहिर ल्याएर अफिस कोठा नजिकै पानीको कालो पाइपले निर्घात कुटपिट गरेका भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ । भण्डारीलाई अन्य शिक्षकले त्यसरी कुटपिट नगर्न भनेर संझाउन खोजेपछि भण्डारीले कसैले भनेको नमानेको एक शिक्षकले बताए ।

शान्तिनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष मिनबहादुर केसीले शिक्षक भण्डारीले बिद्यार्थीलाई संझाई बुझाई गर्ने ठाउँमा त्यसरी निर्घात कुटपिट गर्नु गलत भएको बताए ।


पीडित बिद्यार्थीका अभिभावकले भने अझैंसम्म प्रहरीमा शिक्षक बिरुद्ध जाहेरी नदिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *