२०८२ जेष्ठ ३० गते शुक्रवार

कपडादेबीमा शौचालय भित्र महिला मृत फेला

तुलसीपुर, भदौ २२ । तुलसीपुरको कपडादेबीमा शौचालय भित्रै एक महिला मृत अवस्थामा फेला परेकी छन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेबीकी ३८ बर्षकी कमला लामिछाने बुधबार बिहान शौचालय भित्रै मृत फेला परेकी हुन ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले उनको मृत्यु शौचालय भित्रै लडेर भएको अनुमान चिकित्सकले गरेको जानकारी दिए । पोष्टमार्टम रिपोर्ट नर्मल देखिएको हुँदा चिकित्सले त्यस्तो अनुमान गरेको उनले बताए ।

भदौ २० गते श्रीमान कृष्ण लामिछाने मदिराले मातेर आइ बिबाद र झगडा गर्न थालेपछि कमला नजिकै बस्ने आफ्नी दिदी तेजकुमारी लामिछानेको घरमा बास बस्न गएकी थिइन ।


दिदीको घरमा बस्दै आएकी उनी बुधबार बिहान ६ बजेतिर शौचालय गएपछि एक घण्टासम्म पनि नफर्किएको र बेलाउँदा पनि नबोलेपछि ढोका फोडेर हेर्दा लडेको अवस्थामा उनी फेला परेकी थिइन ।


प्रहरीले उनको उद्धार गरि राप्ती प्रादेशिक अस्पताल पु¥याए लगतै मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *