२०८२ असार १ गते सोमवार

ट्रकले च्यापिएका ब्यक्तिको मृत्यु

तुलसीपुर, भदौ २२ । ट्रक दुर्घना हुँदा च्यापिएका सहचालकको मृत्यु भएको छ । रुपेन्देही जिल्लाको रोहेनी गाउँपालिका वडा नं. ६ का २७ बर्षीय सखर खाँलाई उद्धार गरि अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घोराही–लमही सडक खण्ड अन्तरगत घोराही उपमहागनरपालिका वडा नं.३ को भैंसीखोला मोडमा भैंसीको छाला बोकेको लु २ ख ५१३ नम्बरको ट्रक दिउँसो १ बजेतिर दुर्घटनामा परेको थियो ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले च्यापिएका खाँलाई जेसिबीको साहेताले उद्धार गरि अस्पताल पु¥याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । उनको शब राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।


भैंसीको छाला लोड गरेको उक्त ट्रक घोराहीबाट बिराटनगरतर्फ जान थालेको प्रहरीले बताएको छ । ट्रक चालक तथा साहु अली हसन दुर्घटना लगतै फरार रहेको तथा खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *