दाङ, भदौ २२ । घोराही–लमही सडक खण्डमा ट्रक दुर्घना हुँदा च्यापिएका एक ब्यक्तिको उद्धार प्रयास जारी रहेको छ ।
घोराही–लमही सडक खण्ड अन्तरगत घोराही उपमहागनरपालिका वडा नं.३ को भैंसीखोलामा भैंसीको छाला बोकेको ट्रक दुर्घटना हुँदा एक ब्यक्ति च्यापिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
प्रबक्ता गौतमले प्यापिएका ब्यक्तिको जेसिबी लगाएर उद्धारको प्रयास जारी रहेको बताए ।
बुधबार दिउँसो एक बजेतिर घोराहीबाट भैंसीको छाला लोड गरेको लु २ ख ५१३ नम्बरको ट्रक बुटवल तर्फ जान लागेको भन्ने खुलेको डिएसपी गौतमले बताए ।
चालकको खोजी रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २२ गते बुधवार