तुलसीपुर, भदौ २० । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले अबदेखि १८ बर्ष मुनिका बालबालिका र स्कूल पोशकमा रहेका बिद्यार्थीलाई चुरोट तथा रक्सि बेच्न नपाइने निर्णय गरेको छ ।
सोमबार बसेको वडा कार्यसमितिको बैठकले बालबालिकाको शारिरीक, मानसिक तथा बौद्धिक स्वास्थ्यको ख्याल गर्दै यस्तो निर्णय गरेको हो ।
वडाध्यक्ष दुजमान भण्डारीले सार्वजनिक सूचना मार्फत अबदेखि तुलसीपुर– ६ मा १८ बर्ष मुनिका बालबालिकालाई धुर्मपान तथा मध्यपान बिक्रि वितरण गरेको पाइएमा कारबाही हुने चेतावनी दिएका छन् ।
त्यसबिपरित गर्ने पसल संचालन र होटेल संचालकलाई कानुन अनुसार कारबाही हुने वडाध्यक्ष भण्डारीले स्पष्ट पारेका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार