२०८१ असार ३० गते शनिवार

कक्षा १२ को रिजल्ट सार्वजनिक


काठमाडौं,भदौ १७ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको रिजल्ट सार्वजनिक गरेको छ ।बोर्डको आज बसेको बैठकले रिजल्ट प्रकाशन गरेको हो ।

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ । सार्वजनिक नतिजा अनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ ।

गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार ८ जना र ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरेर जम्मा ३ लाख ९६ हजार १ सय ८५ जना परीक्षार्थी सहभागी भएका थिए ।

रिजल्ट भने बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *