२०८२ माघ २३ गते शुक्रवार

ज्ञान ज्योतिका बिद्यार्थीले पस्किएका स्वादिष्ट भोजन

तुलसीपुर , पुस २६ । तुलसीपुरस्थित ज्ञानज्योति फाउन्डेनसमा होटेल म्यानेजट मेन्ट (एचएमटी)मा अध्यनरत विद्यार्थीले खानाका परियार पस्किए ।


विद्यालयमै केही पाहुना र पत्रकारलाई निम्ता गरि उनीहरुले आँफुले अध्यनका क्रममा सिकेका खानाका परिकारहरु पस्किएका थिए ।


ज्ञान ज्योति बुटल पछि पश्चिम नेपालमा होटेल म्यानेजट मेन्ट अध्यापन गर्ने यसक्षेत्रकै पहिलो शैक्षिक संस्था हो ।
२०६७ सालदेखि ज्ञान ज्योतिले बिद्यालयमा होटेल ब्यबस्थापन कक्षा संचालन गर्दै आएको छ ।

विद्यालयका शिक्षक वशन्त रावतका अनुसार कक्षा ११ र १२ मा गरि हाल करिब ६ सय जति बिद्यार्थी अध्यनरत छन् ।


बिद्यालयले लुम्बिनी प्रदेशका साथै संघीय राजधानी काठमाडौं क्षेत्रका बिभिन्न पाँच तारे होटेलहरुका सेफहरु ल्याएर विद्यार्थीलाई समय समयमा एचएमटी सम्बन्धि ज्ञान दिने गरेको छ ।

त्यस्तै बिभिन्न ठाउँमा बिद्यार्थीलाई ब्यबहारिक ज्ञान हासिल गर्नका लागि पठाउने गरेको छ ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *