२०८२ असार ४ गते बिहिवार

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

काठमाडौं,भदौ १७ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा सार्वजनिक गर्ने निर्णय गर्नको लागि बैठक बोलाएको छ ।

अहिले बोर्डको बैठक बसिरहेको एक बोर्ड सदस्यले जानकारी दिए । उनले भने, ‘हामी परीक्षा बैठक बस्ने तयारीमा छौं । आज नतिजा आउँछ ।’

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *