२०८२ असार ५ गते शुक्रवार

भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाण्डौ,भदौ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा श्रेष्ठसहित सव–इन्जिनियर दानबहादुर वुढ्थापा, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डवले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल दमाई छन् ।

उनीहरुले मुगुको सोरु गाउँपालिका ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रमका लागि आएको तारको जाली बिक्री गरी १८ लाख १० हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति : २०७९ भाद्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *