दाङ, भदौ १६ । रोल्पामा एक दम्पत्तिको बिभित्स हत्या गरिएको अवस्थामा शब फेला परेको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङसीका २५ बर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ बर्षीया श्रीमती पार्बतीे पुनको शब बुधबार फेला परेको हो । उनीहरुको शब माडी गाँउपालिका वडा नं. ३ तालाबाङमा फेला परेको थियो ।
उनीहरु स्थानीय जयलाल डाँगीको घरमा मजदुरी गरि बस्दै आएका थिए । मृतकको शरिरका बिभिन्न भागमा घाउ खत र चोट पटक देखिएको एक प्रहरी अधिकारीले बताए ।
उनीहरुको राति कसैले बिभित्स हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले घटनास्थल पुगेपनि घटनाबारे केही बताउन चाहेनन् । यो दम्पत्तिले केही समय पहिले मात्रै बिहे गरेको थियो ।
दुर्गाले श्रीमतिलाई घरमा समेत नलगेको भन्ने खुल्न आएको ती प्रहरी अधिकारीले जानकारी दिए ।
काठमाडौंमा इट्टा भट्टामा काम गर्ने क्रममा उनीहरुको बीचमा आपसमा प्रेम भएपछि बिहे भएको भन्ने खुलेको प्रहरीले बताएको छ ।